SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ । आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यवसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ ।