SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

वीरगन्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।