SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

देवानगञ्ज गोली प्रकरण: एकको मृत्यु, १६ जना घाइते, प्रहरी बल प्रयोगथि उठ्यो प्रश्न

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा मध्यराति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरीसहित कम्तीमा १६ जना घाइते भएका छन्। घटनापछि अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।