धनगढीमा आत्मदाहको प्रयास गरेका युवकको निधन
धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका युवकको काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए ।
