SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

बागमती । साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ । हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको चाप देखिएको हो । हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्रलगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन् ।