SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।