SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।