SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राईजिङ्ग स्टार- ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।