प्रधानमन्त्री बालेनले सचिवालयबाट हटाए माधव खनाल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् । डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरण, त्यसपछिको उनको भूमिका तथा अन्य व्यक्तिगत गतिविधि पनि संकास्पद रहेको स्रोतको दाबी छ ।
