SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

काठमाडौं । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आव्हान गरेका छन् । ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको साङ्गठनिक स्वरूप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् ।