SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

काठमाडौं । बाल साहित्य सम्बन्धी सातवटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । हामी दाजुभाई, ब्रिटिश काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमालगायतले बाल कथा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।