SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ।  शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो। उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।