ह्युमपाइपले जोडिँदै यातायात मार्ग
नुवाकोट : भोटेकोशी बाढीले पुल र सडक तहसनहस पारेको नुवाकोटको भैंसेस्थित त्रिशूली नदीमा ह्युमपाइप राखेर यातायात मार्ग जोड्ने काम भइरहेको छ। विदुर नगरपालिका–१० को भैंसे र वडा नं. ७ को तुप्चे जोड्न नदीमा ह्युमपाइप राखेर अस्थायी मार्ग निर्माण गरिएको हो।गत भदौ १० गते बुधबार आएको बाढीले नदीमा रहेको पक्की र झोलुंगेपुल ध्वस्त पारेपछि अवरुद्ध भएको सडकमार्ग खुलाउन भैंसेमा ह्युमपाइप राखेर वारपार गर्ने संरचना बनाइएको हो।