SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

दुप्चेश्वरको कल्लेरी र सरमथलीमा पहिरो

नुवाकोट : अविरल वर्षातसँगै पहिरो जाँदा नुवाकोटको दुप्चेश्वरको कल्लेरी र सरमथलीमा सर्वसाधारणको घर तथा स्थानीय विद्यालयमा क्षति पुगेको छ। दुप्चेश्वर गाउँपालिका-३ कल्लेरी र सरमथलीमा पहिरो जाँदा सडकमार्ग, स्थानीयका घर तथा विद्यालयमा क्षति पुगेको छ। पहिरोग्रस्तस्थलको सोमबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।केसीले पहिरो व्यवस्थापनका लागि तत्काल तीनैवटै सरकारलाई आग्रह गरेका छन्।