के गर्छिन् चिनियाँ राष्ट्रपति सी चिनपिङकी श्रीमती पेङ लियुआन ?
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनकी श्रीमती पेङ लियुआन हरेक कार्यक्रममा सँगै देखिँदैनन्। उनीहरु दुवैको आ–आफ्नै करियर छ। एउटा पुरानो अन्तर्वार्तामा सी चिनपिङले भनेका थिए,ʻमेरी श्रीमती र मेरो दुवैको आफ्नै करियर छ। तर हामी परिवारका लागि सँगै काम गर्छौं।ʼ गायिका हुन् पेङ लियुआन श्रीमान सत्तामा आउनुभन्दा अगाडि नै पेङ लियुआन चीनकी स्टार गायिकामध्ये एकको रूपमा प्रख्यात थिइन्।
