झापाको गौरीगञ्ज नाकाबाट तस्करी धन्दा, एसएसबीले बिउँ लोड भएको चारवटा गाडीसहित ६ जना तस्करलाई समाते
झापा : झापाको गौरीगञ्ज नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको एउटा घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको बिउँ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेसँगै गौरीगञ्ज नाकाबाट हुने गरेको तस्कर धन्दाको पर्दाफास भएको हो। भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा विशेष सूचनाको आधारमा ७५ बोरा फर्सीको बिउँ, दुईवटा पिकअप, दुई वटा ट्याक्टरसहित ६ जनालाई गएराति पक्राउ गरेको हो।
