कोशीको मुख्यमन्त्रीबाट हिक्मत कार्कीलाई हटाउने ओलीको तयारी, मेन्याङ्बोलाई अवसर !
काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएपछि कोशी प्रदेशमा पनि सत्ता समीकरण फेरिने भएको छ । नयाँ सहमतिअनुसार हाल कांग्रेस–एमाले गठबन्धनबाट सञ्चालित सरकारबाट नेपाली कांग्रेस बाहिरिने र नेकपा सरकारमा सहभागी हुने तयारी भएको हो ।
