SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी

सिन्धुली । वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ । पिपलडाँडा–हायूटार–रामपुर सडक कालोपत्रे भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ । सहज यातायातको पहुँचले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनालाई नयाँ उचाइ दिएको छ । विगतका समयमा यहाँ नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता थियो ।