SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

साथीसँग खेल्न गएकी जेविनाको पोखरीमा डुबेर मृत्यु

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ को पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान–३ निवासी जोगन मुर्मूकी छोरी जेविना मुर्मू रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजेतिर जेविना ४–५ जना साथीसँग खेल्न गएकी थिइन्। खेल्ने क्रममा धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा डुबेर उनी बेपत्ता भएकी थिइन्।