राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
काठमाडौं । मकवानपुरको पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । चुरे पर्वत शृङ्खलामा रहेकाले पनि यस तीर्थस्थललाई चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
