SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

चौतर्फी दबाब पछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा प्रधानलाई दोषी ठहर गर्दै कक्रोच जनता पार्टीको आह्वानमा जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो । प्रधान स्वयंले सोसल मिडियामा पत्र सेयर गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् । धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीको प्रतिक्रिया आएको छ ।