SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागअन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अष्ट्रेलिया सरकारको प्रतिनिधिमण्डलले नेपालको तीनदिने भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबीचको बलियो तथा दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।