SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सर्लाहीमा साढे सात लाख घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

सर्लाही : सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी सात लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।बोरिङ र मोटर जडानको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि गरिएको कारबाहीमा उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल समेत बरामद भएको छ ।