प्रायोजित लेखनविरुद्घको वृत्तान्त
आजभोलि लेखनशिल्प विनिमयको वस्तु बन्दै गर्दा यस भेलमा माछा मार्न थुप्रै प्रकाशन गृह लागिपरेका छन्। यसै भेलमा समाहित भई लेखक बन्न रहर गर्ने नयाँ अनुहारहरू र थुप्रै व्यावसायिक घरानाका साहुजीहरूको आगमन भइरहेका बेला एकजना पुस्तकालयकर्मी तथा बालसाहित्यकार इन्द्रप्रसाद अधिकारी (आईपी अधिकारी) आफ्नो जीवनी, व्यक्तित्व र कृतित्वको दर्पणका रूपमा ‘अनुभूति र अभिव्यक्ति’ नामक नयाँ कृति लिएर पाठकसामु उपस्थित भएका छन्।तीन सयभन्दा बढी पृष्ठ रहेको प्रस्तुत कृति बिस खण्डमा विभाजित छ।
