स्मृतिबिम्बमा संघर्षपूर्ण गाथाहरू
हरेक व्यक्तिका जीवनमा विगतका धेरै यादगर पल हुन्छन्। उद्धव सापकोटाले पनि आफ्ना विगत उजागर गरेर संस्मरणमा जीवनयात्रा पाठकसामु ल्याएका छन्। यो उनको जीवनीपरक निबन्ध संग्रह हो। यसैले होला यो भावनात्मक छ र सामाजिक विविधता उधिनेर लेखिएको छ। भोगाइका विभिन्न उल्लेख्य पल बाहिर्याइएको छ। यो झट्ट हेर्दा संस्मरण जस्तो पनि लाग्छ। सापकोटाको आत्मकथा पनि हो यो।
