नदीकिनाराका भैनी गीत
कालीको धोक्किन्या माछो कर्णालीका भेल,दुःखारीलाई निन् लाग्दैन जनबुड्या बेल।माथिको गीत काली र कर्णाली नदीबीचको ऐतिहासिक सम्बन्धसँग जोडिएको छ। भाषा, संस्कृति, सभ्यता र लोकपरम्पराले मात्र होइन, प्रकृतिले पनि महाकाली, सेती र कर्णालीवासीलाई एक बनाएको छ। पश्चिम नेपालको सिमानाको गीतसँग जोडिएको महाकाली नदीको कर्णाली नदीसँगको सम्बन्ध कति गाढा छ भन्ने यो सुन्दर दृष्टान्त हो। महाकाली नदीमा देखिने माछो कर्णाली नदीमा कसरी पौडी खेलिरहेछ ? देउडागीतका आँसुकविले यसरी नै कल्पना गरिरहेछन्।
