SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, सेती प्रादेशिक अस्पताल भर्ना

काठमाडौं । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको हो । उनको आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।