नगद र ताससहित ६ जना पक्राउ
नुवाकोट : नुवाकोटको गणेशस्थानमा नगद र ताससहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तास खेलिरहेको अवस्थामा नुवाकोटको पुर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिका–५ फेदीबेंसीमा घरधनीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनीहरूको साथबाट नगद ६७ हजार ६ सय ६५ रुपैया, एक वुङ तास र सिमिको गेडागुडी दानासहितको कप एक थानसमेत बरामद गरिएको प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरको भनाई छ ।
