अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
गण्डकी । पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।
