बुद्धले थप्यो नयाँ सिरिजका एटीआर जहाज ATR-72-600
काठमाडौं । बुद्ध एयरले आज देशमै पहिलो पटक एटिआर–७२–६०० जहाज भित्र्याएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि यो जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले कल साईन 9N-AOS जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो ।
