SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा सुरक्षाकर्मीसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । सुरक्षा स्रोतकाअनुसार बिहीवार राति ट्याङ्क जिल्लास्थित एक सुरक्षा चौकीमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्काएर विष्फोट गराइएको थियो ।