SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

भाइरल बनेका रोल्पाका तीन बालिकालाई उच्च शिक्षासम्म नि:शुल्क पढाइने

रोल्पा । केही दिनअघि वर्षाको झरीमा रेनकोट ओढेर विद्यालयतर्फ उकालो बाटो हिँडिरहेका तीन साना बालिकाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भयो । ती बालिकाको सरलता, पढाइप्रतिको लगाव र संघर्षले धेरैको मन छोएपछि उनीहरूको शिक्षाको जिम्मेवारी स्थानीय विद्यालय र गाउँपालिकाले संयुक्त रूपमा लिने निर्णय गरेका छन् ।