SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

योगनिद्रामा भगवान् विष्णु, दर्शनका लागि बुढानीलकण्ठमा भक्तजन (तस्बिरहरू)

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा, भक्तिभाव र पूजा–आराधना सहित हरिशयनी एकादशी पर्व मनाउँदै छन्। यस अवसरमा बिहानैदेखि हरिहर (भगवान बिष्णु र शिवको संयुक्त रूप) को विशाल मुर्ति रहेको काठमाडौंको बुढानीलकण्ठ सहित देशभरका विष्णु मन्दिरहरूमा श्रद्वालुको घुइँचो लागेको छ।