SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

घर–घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरू)

काठमाडौं । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदै छन् । यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् । धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ ।