SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

बाँकेको बैजनाथबाट क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।