‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई आज एक समारोहकाबीच प्रदान गरे । राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई रु एक लाख एक हजार १११ नगद तथा सम्मानपत्र प्रदान गरियो ।
