निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । मन्त्रालयले गरेको निर्णयबाट शाखा अधिकृत तारादत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।
