स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । विश्वविद्यालय स्थापनार्थ नागरिक तहबाट गठित सङ्घर्ष समितिले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी दशकौँदेखिको प्रयासपछि विश्वविद्यालय सञ्चालनको प्रक्रियामा रहेकाले त्यसमा अवरोध हुने कुरा स्वीकार्य नभएको उल्लेख गरिएको छ ।
