SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

विद्यालयसँग अभिभावकको सम्बन्ध र विद्यार्थीको सिकाइमा यसको प्रभाव

शिक्षा केवल पुस्तकीय ज्ञान हासिल गर्नु वा परीक्षामा उच्च अङ्क ल्याएर विशिष्ट श्रेणी प्राप्त गर्नु मात्र होइन । यो त जीवन जिउने कला, सुन्दर चरित्र निर्माण र मानवभित्र लुकेर रहेका सुसुप्त क्षमताहरूको प्रस्फुटन हो । बालबालिकाको सर्वाङ्गीण विकासको प्रक्रियामा घर–परिवार, विद्यालय र समाज अभिन्न रूपमा जोडिएका हुन्छन् ।