SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७६ वर्षीय शाहाबुद्दिनले गम्भीर स्वास्थ्य अवस्थाका कारण पद त्यागेको जनाएको छ।विज्ञप्तिअनुसार हालै गरिएको स्वास्थ्य परीक्षणमा शाहाबुद्दिनलाई 'अटोनोमिक न्युरोपाथी' भएको पुष्टि भएको छ। उक्त समस्याका कारण आफूलाई बेला-बेला क्षणिक रूपमा होस गुम्ने समस्या हुने भएकाले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनले बताएका छन्।