SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

क्रान्तिका राता डोबहरूमा पुष्पलाल

जहानियाँ राणाशासनले पुष्पलालका दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उहाँमा अत्याचारी राणाशाहीका विरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भएर आयो। त्यसपछि राजनीतिमा होमिनुभएका पुष्पलालले अत्याचारी तथा सामन्ती राणाशासनको अन्त्य गरेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने दृढ अठोट लिनुभयो। फलस्वरूप, २००६ वैशाख १० (१९४९ अप्रिल २२) मा उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो।