मिटरब्याजको रापिलो ताप
खासगरी तराईका ग्रामीण इलाकामा मिटरब्याजको समस्या विकराल छ। तराईमात्र होइन, पहाडी ग्रामीण भेगमा पनि यो समस्या उत्तिकै छ। बल्झिरहने यो समस्याको रापिलो ताप बेलाबेला राजधानी काठमाडौंसम्म आइपुग्छ। शासक वर्गले अलिअलि मलम लगाएपछि केही समय साम्य हुने मिटरब्याज पीडितका घाउ अझै बिसेक हुन सकेका छैनन्। हरेक सरकार उनीहरूका गुनासा सुन्छ, वार्ता गर्छ, केही समय समस्याले पार पाए झैं हुन्छ। तर, सरकार ढल्छ, अनि फेरि बल्झिन्छ त्यही पुरानै व्यथा।अहिलेको नयाँ सरकारसामु पनि मिटरब्याज पीडितले आफ्ना व्यथा पस्किएका छन्।
