आठ हजार पाँच सय मेट्रिक टन रासायनिक मल आउन थाल्यो
काठमाडौं : सरकारले जिटुजीमार्फत खरिद गरेको रासायनिक मल विराटनगर आउन शुरु भएको छ । कोशी प्रदेशका १३ वटा जिल्ला र मधेस प्रदेशको सिरहा र सुनसरीका लागि मगाइएको ८ हजार ५ सय मेट्रिक टन डीएपी मल आउन शुरु भएको विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । अहिले सम्म ५ सय मेट्रिक टन भन्दा बढी डीएपी मल आईसकेको र यसलाई सम्बन्धित जिल्लाहरुमा पठाउने प्रक्रिया समेत शुरु भईसकेको कामु प्रादेशिक प्रबन्धक कमल पोखरेलले बताए ।
