SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

तत्कालीन गाविस सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी : बाल संरक्षण भत्ता भ्रष्टाचारको आरोपमा महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर गाउँ विकास समितिको आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना गरेको आरोपमा कोइरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।