नयाँ दिल्लीसहित १८ मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द
नयाँ दिल्ली : भारतमा जारी कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका कारण नयाँ दिल्ली मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले सामाजिक सञ्जाल एक्समार्फत नयाँ दिल्ली मेट्रो स्टेशन तत्कालका लागि बन्द गरिएको जानकारी दिएको हो। डीएमआरसीका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त स्टेशनमा इन्टरचेन्ज (लाइन परिवर्तन) सेवा पनि उपलब्ध हुने छैन। यात्रुमा पर्न गएको असुविधाप्रति डीएमआरसीले क्षमायाचना गरेको छ।
