SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ १०:११ AM · 1 मिनेट पढाइ

रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा देखिएको विवाद टुंग्याउने क्रममा जगतबहादुर रावललाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।