SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सुन-चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। सुन प्रतितोलामा ५ हजार ८०० र चाँदी प्रतितोलामा १५५ रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ५ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार ५०० पुगेको हो। बिहीबार एकतोला सुनको मूल्य २ लाख ९१ हजार ३०० कायम भएको थियो।यस्तै प्रतितोला चाँदी भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।