SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

करदाता त्रसित होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नबनाई खुसी पारेरै कर उठाउन निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बिहीबार कर अधिकृतहरूलाई सम्बोधन गर्दै डा. वाग्लेले कर संकलनको नाममा करदातालाई त्रास नदिन भनेका हुन्।‘कर प्रशासनमा सुधार भएको अनुभूति दिनुपर्छ र कर तिर्न बोझ होइन, जिम्मेवारी हो भन्ने करदातामा भाव आउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘करको दायरा विस्तार गर्न भने जरुरी छ।