SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले १६ घरपरिवार प्रभावित भएका छन्।शुक्रबार बिहान करिब साढे ४ बजे बस्तीमाथिबाट आएको पहिरो र लेदोसहितको पानी घरभित्र पसेपछि सेलागाडका १६ घरधुरीमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहोरा र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा रातिदेखि नै खटिएको छ।