मोटरसाइकल दुर्घटनामा परेर २८ वर्षीय युवकको मृत्यु
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको पत्ता लागेको छ । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।
